आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

सेना र प्रहरी सहित विभिन्न संस्थालाई १० दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र

सेना र प्रहरी सहित विभिन्न संस्थालाई १० दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    सेना र प्रहरी सहित विभिन्न संस्थालाई १० दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले पत्र पठाएर त्यसबापतको बहाल कर बुझाउन भनेको हो । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्र पठाएको छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा चेतावनी दिइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार