शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

दार्चुलामा बाढीपहिरो: १३ घर बगायो, ६ जना बेपत्ता

दार्चुलामा बाढीपहिरो: १३ घर बगायो, ६ जना बेपत्ता

साझा पोष्ट
शुक्रबार, भदौ २४ २०७९
  • images
    दार्चुलामा बाढीपहिरो: १३ घर बगायो, ६ जना बेपत्ता
    images
    काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परी ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ६ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोलाबहादुर रावलले जानकारी दिए । प्रहरीका अनुसार बेपत्ता हुनेमा महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका  छन । बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ । उनीहरूलाई उद्धार गरी स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ । बाढीले लास्कु खोलाकै झोलुङ्गे पुल पनि बगाएको छ । पुल बगाएपछि खोला पारिको वस्ती आवात आजतबाट बन्द भएको छ । यसले राहत वितरणमा समेत अफ्ठेरो हुनेछ । लास्कु खोलामा आएको बाढी महाकाली नदीमा मिसिएको छ । यसले महाकाली नदी आसपासमा पनि क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार