आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

महाभियोग सिफारिस समितिमा चोलेन्द्रशमशेरको बयान शुरु

महाभियोग सिफारिस समितिमा चोलेन्द्रशमशेरको बयान शुरु

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    महाभियोग सिफारिस समितिमा चोलेन्द्रशमशेरको बयान शुरु
    images
    काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग सिफारिस समितिमा बयान शुरु भएको छ । समितिका सदस्यहरू समयमा नपुगेका कारण ढिलो गरी बयान शुरु भएको हो । जबराको यो चौथो दिनको बयान हो। यसअघि उनले ४३ मध्ये ११ प्रश्नको जवाफ दिएका छन । सकेसम्म आज बांकी सबै ३२ प्रश्न सोधेर सक्ने समितिको तयारी छ । समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ। संसदकै आयु सकिँदैछ, संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन। त्यसैले महाभियोग के होला भन्ने सर्वत्र चासो छ । जबराले जवाफमा आफ्नो प्रतिरक्षा गर्नु भन्दा संसद,सिफारिस समिति,सहकर्मी न्यायाधीश, राजनीतिक दलका नेता र सरकारमाथ प्रश्न उठाउंदै आरोप लगाईरहेका छन ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार