आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

सत्ता गठबन्धनमा आज पनि सहमति भएन, शीर्ष नेताको बैठक बिना निष्कर्ष सकियो

सत्ता गठबन्धनमा आज पनि सहमति भएन, शीर्ष नेताको बैठक बिना निष्कर्ष सकियो

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    सत्ता गठबन्धनमा आज पनि सहमति भएन, शीर्ष नेताको बैठक बिना निष्कर्ष सकियो
    images
    काठमाडौं । आगामी चुनावका लागि सिटको भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको शीर्ष बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति हुन नसकेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । खनालले भोलि सोमबार विहान आठ बजे बैठक बस्ने र त्यसले सबै कुरा टुंगो लगाउने बताए । "आज कार्यदलले रिपोर्टिङ गर्यो,कयौं कुरा मिलेका छन, केही मिल्न बांकि छ ।" खनालले भने- भोलि बस्ने बैठकले टुंगो लगाउनेछ ।" यसअघि शनिबार बसेको बैठक पनि निष्कर्षविहीन भएको थियो। गठबन्धनमा संघीय संसदकै सिटमा विवाद छ । खासगरी खास मधेश प्रदेशका सिटलाई लिएर कांग्रेस र जनता समाजवादीबीच चर्को मतभेद छ भने एकीकृत समाजवादीले ४० सिट मागेपछि त्यसले पनि अफ्ठेरो सिर्जना गरेको छ । कांग्रेसले १०० सिट माग्दा अरुले विरोध गरिरहेका छन भने माओवादीले पनि ६० सिट बढी मागेको भनेर कांग्रेसले प्रतिवाद गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार