आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

लगानी बढाउन र व्यापार घाटा कम गर्ने गरी काम गर्न चीनसँग प्रचण्डको आग्रह

लगानी बढाउन र व्यापार घाटा कम गर्ने गरी काम गर्न चीनसँग प्रचण्डको आग्रह

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    लगानी बढाउन र व्यापार घाटा कम गर्ने गरी काम गर्न चीनसँग प्रचण्डको आग्रह
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुसँग नेपालको व्यापार घाटा कम गर्न र रणनीतिक साझेदारीलाई प्राथमिकतामा राखेर नेपालमा ठूलो लगानी गर्न आग्रह गरेका छन । संसद भवन नयाँ बानेश्वरमा भएको भेटमा प्रचण्डले लगानी वृद्धि र व्यापार घाटा कम हुने गरी काम अघि बढाउनका लागि पहल गर्न आग्रह गरेका हुन ।‘नेपाल–चीनबीच जुन रणनीतिक साझेदारी अघि बढिरहेको छ, नेपालको प्राथमिकता निर्धारण गरेर अलि ठूलो मात्राको लगानी नेपालमा बढाइदिनु पर्‍यो,’ अध्यक्ष प्रचण्डलाई उदृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भने । साथै, अध्यक्ष लीलाई नाकाहरु खुलाउनु पनि प्रचण्डले आग्रह गरेका छन । प्रचण्डले नेपालमा चीन सरकारबाट भइरहेका विकास निर्माणको कार्यक्रम छिटोछिटो गर्नको लागि पनि आग्रह गरे । व्यापार घाटा काम गर्न प्रचण्डले जोड दिएका छन । ‘चीनसँगको नेपालको व्यापार घाटा फराकिलो बन्दै गयो,’ चाङ्सुसँग प्रचण्डसँग राखेको भनाई उधृत गर्दै मल्लले भने, ‘यसलाई सन्तुलनमा ल्याउन चिनियाँ सरकारले ठूलो छाती गराउनुपर्छ, उदार भइदिनुपर्छ।’ गत आर्थिक वर्षमा नेपालको चीनसँगको व्यापार घाटा २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँ छ। नेपालबाट वस्तु निर्यात जम्मा ८० करोड ८७ लाख रुपैयाँ र आयात २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ बराबरको भएको छ। मल्लका अनुसार अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत राणनीतिक साझेदारी गरेको र उक्त साझेदारी नेपालको विकास र समृद्धिमा चीन सरकारले सहयोग गर्नुपर्ने बताए । जवाफमा चाङ्सुले चीन सरकारलाई भनेर यी विषय सम्बोधन गर्ने प्रतिवद्धता जनाए।‘हामी जोड दिएर सरकारलाई भन्ने छौं, नेपालमा देखिएको यो समस्या समाधान गर्न चिनियाँ सरकारको ध्यानाकर्षण गराएर सम्बोधन गराउँछौं’ चाङ्सुले भने।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार