शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

महाभियोगको जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने असार २८ को फैसला: चोलेन्द्रशमशेर

महाभियोगको जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने असार २८ को फैसला: चोलेन्द्रशमशेर

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    महाभियोगको जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने असार २८ को फैसला: चोलेन्द्रशमशेर
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोगको जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने २०७८ सालत असार २८ को फैसला भएको बताएका छन् । महाअभियोग सिफारिस समितिमा बयान दिँदै जबराले आफूमाथि लागेका सबै आरोप सैद्धान्तिक भन्दै त्यसको जड असार २८ को फैसला भएको बताए । ‘केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्व अनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा विभेद गराइयो । केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो, र प्रधानन्याधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहन्न भन्नेव वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो ।’ उनले भने । यसको जड दुईपटकका् संसद विघटन र त्यसमा पनि २८ असारको फैसला भएको उनले बताए । आफूमाथि लागेका सबै आरोप झुटा भन्दै जबराले आफूलाई महाभियोगबाट मुक्ति दिन आग्रह गरेका छन । 'थप भनाइ राख्नुपर्ने र थप प्रमाण पेस गर्नुपर्ने केही पनि छैन । जति पनि आरोप छ सैद्धान्तिक छन् । प्रधानन्यायाधीशको योग्यतामा भन्दा पनि विश्वसनीयतामा काम गर्न सकेन भन्ने आरोप छ । यो जति पनि आरोप छन् सबै निर्रथक, आधारहीन छन्। ' उनले भने । जबराले राजनीतिक दलहरूले राजनीतिक मुद्दामा आएका फैसला र आफ्ना सहकर्मी न्यायाधीशललाई प्राप्त आश्वासनले आफूविरुद्ध महाभियोग लागेको बताए ।उनले भने– भोलि इतिहासमा प्रधानन्यायाधीशलाई अन्याय पर्‍यो भन्ने नदेखियोस् । प्रधानन्यायाधीशको गल्ती गरेको देखिन्छ भने त्यही किसिमको होस् ।’ निलम्बित प्रधानन्यायाधीश जबराले आफूविरुद्ध लागेको महाभियोगका आरोपमा निर्दोष छु भन्ने प्रमाण पेस गर्न सकेनन् । आफूविरुद्ध लागेका आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिलाई आग्रह गरे । मंगलवार बयानका क्रममा जबरालाई अन्तिम प्रश्न समिति सभापति रामबहादुर विष्टले सोधेका थिए । ‘ तपाईंलाई लागेका महाभियोगका आरोपका सम्बन्धमा निर्दोष छु भन्ने प्रमाण पेस गर्न चाहनुहुन्छ भने पेस गर्न सक्नुहुन्छ । ’ जबरालाई ४३ औँ प्रश्नमा विष्टले सोधेका थिए । तर जवाफमा जबराले सबै आरोप सैद्धान्तिक, निराधार झुटा भन्दै महाभियोगको वातावरण कसरी भयो भन्ने आफ्नो बुझाइ राखे ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार