आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

परराष्ट्र सचिव पौड्याल र भारतीय समकक्षीबिच पारवहन सन्धिबारे छलफल

परराष्ट्र सचिव पौड्याल र भारतीय समकक्षीबिच पारवहन सन्धिबारे छलफल

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    परराष्ट्र सचिव पौड्याल र भारतीय समकक्षीबिच पारवहन सन्धिबारे छलफल
    images
    काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवबिच पारवहन सन्धि र त्यससम्बन्धी प्रोटोकलबारे छलफल भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबिच यसबारे छ्लफल भएको हो । यस्तै व्यापार सन्धि नवीकरणको प्रक्रिया अघि बढाउनेबारे पनि कुराकानी भएको छ । असोज ५-७ सम्म काठमाडौंमा हुने नेपाल भारत बाणिज्य सचिवस्तरीय बैठकलाई लक्षित गरी यी विषयमा छ्लफल भएको हो । भारत सहमत भए यो बैठकमा यी विषय टंगो लाग्नेछ्न । भेटमा परराष्ट्र सचिव पौड्यालले सीमा समस्या उठाउनुका साथै गहुँ ,चामल,चिनी र धानको निर्यात फुकुवा गर्न आग्रह गरेका छन । पौड्यालले आज भारतीय विदेशमन्त्री एस जयशंकरसंग भेट्ने छ्न ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार