शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

माधव नेपाललाई टिकट वितरणको सकस, यसरी मञ्चमै पोखे गुनासो

माधव नेपाललाई टिकट वितरणको सकस, यसरी मञ्चमै पोखे गुनासो

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    माधव नेपाललाई टिकट वितरणको सकस, यसरी मञ्चमै पोखे गुनासो
    images
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र आगामी चुनावका लागि भैरहेको टिकट व्यवस्थापनको सकस सार्वजनिक रुपमै सुनाएका छन । नेपालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भैरहेको नेपालले बताएका छन । बुधबार पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा अध्यक्ष नेपालले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि टिकटका लागि दबाब दिईरहेको गुनासो गरे । ‘सबैलाई टिकट चाहिएको छ । उठेर दुई कदम हिँड्न सक्दैन, बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ भन्छन् । अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो ? ’ नेपालले भने । अध्यक्ष नेपालले को काबिल छन्, को काबिल छैन भन्ने छुट्टयाउने आधार पनि बनाउन नसकिएको बताए । ‘सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। चाहना हेर्ने हो भने आकाशिएको छ।’ नेपालले भने– सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैनरु त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार