आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

जयनेपाल हलको कम्पाउण्ड खन्दा भेटियो टुकुचा खोला

जयनेपाल हलको कम्पाउण्ड खन्दा भेटियो टुकुचा खोला

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    जयनेपाल हलको कम्पाउण्ड खन्दा भेटियो टुकुचा खोला
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ। महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गर्दा खोला भेटिएको हो ।खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको हो । नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर पनि चलाइरहेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार