आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

महाअभियोग : चोलेन्द्रसँग पुरक बयान सुरु

महाअभियोग : चोलेन्द्रसँग पुरक बयान सुरु

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    महाअभियोग : चोलेन्द्रसँग पुरक बयान सुरु
    images
    काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको पुरक बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिले जबरासँग आज शुक्रबार विहान १० बजेबाट पुरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो । यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो । बैठकमा नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका विषयमा थप कागजातहरु संकलन गर्ने प्रस्ताव गरेका छन् । महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाङ्फेले कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने माग गरेका हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार