Sajha Post
डेंगु विरामीका लागि काठमाडौं महानगरको हटलाइन शुरु, निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने
Kathmandu-Metropolitan-City-Notice
machhapuchhre bank
काठमाडौं । डेंगु अत्यधिक बढेपछि काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले फेसबुक मार्फत हटलाइन सेवा सुरु गरिएको जानकारी दिएका हुन् ।उनका अनुसार डेंगुका बिरामीले २४ घण्टा नै स्वास्थकर्मीबाट परामर्श लिन सक्नेछन् । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ ।आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update