शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

बाबुरामलाई बालेनको कडा जवाफ

बाबुरामलाई बालेनको कडा जवाफ

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    बाबुरामलाई बालेनको कडा जवाफ
    images
    काठमाडौं । फुटपाथ व्यवस्थित गर्ने क्रममा स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोक्न पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिएको सुझावमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कडा जवाफ फर्काएका छन । भट्टराईले सामाजिक सन्जालमार्फत् प्रमुख शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा. भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका थिए । तर प्रमुख शाहले भट्टराईको सुझावमा कडा र नकारात्मक जवाफ दिएका छन । नगर प्रमुख बालेन्द्र शाहले बाबुराम भट्टराईलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’ नेसपा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए । र, त्यससम्बन्धी एक समाचारलाई बाबुराम भट्टराईले सेयर गरेका थिए ।। त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार