शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

चोलेन्द्रशमशेरले बयानमा हस्ताक्षर गर्न नमानेपछि सबै पढेर सुनाइँदै

चोलेन्द्रशमशेरले बयानमा हस्ताक्षर गर्न नमानेपछि सबै पढेर सुनाइँदै

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    चोलेन्द्रशमशेरले बयानमा हस्ताक्षर गर्न नमानेपछि सबै पढेर सुनाइँदै
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको छ । शुरुमा हस्ताक्षर गर्छु भनेका जबराले पछि अस्वीकार गरेको थिए । त्यसपछि सबै बयान पढेर सुनाउने काम भैरहेको छ । जबराले बयानका हरेक पानामा हस्ताक्षर गर्न लागेका छन् । शुरुमा सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका जबराले हस्ताक्षर गर्न दिने बेला नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । कसैले उक्साएकाले जबराले हस्ताक्षर गर्न नमानेको हुन सक्ने अनुमान गरिएको छ । मीन विश्वकर्माले  भने ‘अक्षरश पढेर हस्ताक्षर गर्ने भनेपछि अहिले अधोपान्त पढाएर साइन गराउने तयारी भइरहेको छ । ’   पढ्दै जाँदा अहिलेसम्म जबराले 'ठिक छ' भनेका छन ।  बयान पढेर सुनाउन कम्तीमा पाँच घण्टा लाग्ने अनुमान छ । हस्ताक्षरपछि फेरि पुरक बयान हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार