आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

डा. केसीको स्वास्थ्य अवस्था विग्रदो, औषधि लिन मानेनन्

डा. केसीको स्वास्थ्य अवस्था विग्रदो, औषधि लिन मानेनन्

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    डा. केसीको स्वास्थ्य अवस्था विग्रदो, औषधि लिन मानेनन्
    images
    काठमाडौं । धनगढीमा पुगेर आफ्नो २०औँ सत्याग्रह थालेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग सहित अनसन बसिरहेका केसीको ब्लड प्रेसर ९०/६० मा झरेको छ भने मुटुको चालपनि बढीरहेको उनका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिए । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । जैसीका अनुसार केसीलाई स्लाइन चढाइएको छ । डा. केसीले औषधि लिन नमानेकाले पनि उनको स्वास्थ्य अवस्था विग्रदै गएको जैसीले बताए । केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार