आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

सांसदहरुलाई विदा गर्दै ओलीले भने : भोलिदेखि संसदमा उपस्थित हुनेछैनौं

सांसदहरुलाई विदा गर्दै ओलीले भने : भोलिदेखि संसदमा उपस्थित हुनेछैनौं

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    सांसदहरुलाई विदा गर्दै ओलीले भने : भोलिदेखि संसदमा उपस्थित हुनेछैनौं
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि शनिवार अन्तिम दिन संसदमा उपस्थित नहुने बताएका छन । एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले भोलिदेखि संसद राख्न पनि नमिल्ने र उपस्थित पनि नहुने बताए ।‘भोलिदेखि कुनैपनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो ।’ ओलीले भने– भोलिदेखि हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।’ ओलीले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिए । ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताए । मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए । ‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चामत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले पार्टी स्पिरिटमा सबै चल्न सक्नुपर्ने पनि बताए । ओलीले शानदार रुपमा कार्यकाल पुरा गरेको दाबी पनि गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार