आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

नयाँ बानेश्वर र थापागाउँका अनधिकृत संरचनामा महानगरको डोजर

नयाँ बानेश्वर र थापागाउँका अनधिकृत संरचनामा महानगरको डोजर

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    नयाँ बानेश्वर र थापागाउँका अनधिकृत संरचनामा महानगरको डोजर
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउन डोजर चलाएको हो। महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो। तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ। यस्तै थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएको छ । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ । यस्तै दुई वटा टहरा पनि हटाइएको छ । महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार