आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

शनिवारदेखि संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

शनिवारदेखि संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    शनिवारदेखि संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
    images
    काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिवार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधनको प्रयास गरेको थियो । तर विरोधका कारण सरकार पछि हटेको थियो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले त्यसभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ । सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्‌मा २७ विधेयक निष्क्रिय हुने भएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काले  ५ विधेयक निष्क्रिय हुँदै छन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार