आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता
    images
    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । पुरुष भन्दा महिला धेरै छन । आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली यही भदौ ३१ गते स्वीकृत गरेको छ ।' यसैगरी सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं छन् । सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा  छन् । आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोकेको छ । साथै २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको छ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार