शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

वर्षाले कंचनपुर र कैलालीका बस्ती जलमग्न

वर्षाले कंचनपुर र कैलालीका बस्ती जलमग्न

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    वर्षाले कंचनपुर र कैलालीका बस्ती जलमग्न
    images
    काठमाडौं ।अविरल  वर्षा पछि कञ्चनपुर र कैलालीका बस्तीहरु जलमग्न भएका छन्।
    शुक्रबार मध्यरातीदेखि कैलाली र कञ्चनपुरमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षाले मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्याली नदीमा बाढी आएर खतरा आसपास पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ।  जिल्लाका विभिन्न ठाउँमा बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरको बनहरा नदीमा आएको बाढी शुक्लाफाँटा नगरपालिकाका बस्तीमा पसेको छ।
    पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा नदीको छेउमै बनहरा शिविरमा बाढी पस्दा करिब ३० घर डुबानमा परेका छन्। बनहराको बाढीले १० घर बगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । यस्तै, शुक्लाफाँटा नगरपालिका–१२ दुबाहमा १७ जना बाढीमा फसेका छन्।  बाढीमा फसेका उनीहरुको प्रहरीले उद्धार गरिरहेको छ यस्तै, शुक्लाफाँटा नगरपालिका–१२ दुबाह र भुली जोड्ने झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको छ। बनहरा नदीको बाढीले पुलको एक पिल्लर बगाएको छ।कृष्णपुर नगरपालिका–५ मा पवित्रा बस्तीम मोहना नदी पस्दा ७० घरपरिवार भन्दा बढि विस्थापित भएको प्रहरीले जनाएको छ। यस्तै, कृष्णपुर–४ मा मछेली नदी गाउँ पस्दा ४ घर डुबानमा परेका छन्। लालझाडी गाउँपालिका ३ बल्मी छोटी पर्सीयामा दोदा नदी गाउँ पस्दा १५० भन्दा बढि डुबानमा परेको प्रहरीले जनाएको छ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार