आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

केसीलाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह (विज्ञप्तिसहित)

केसीलाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह (विज्ञप्तिसहित)

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    केसीलाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह (विज्ञप्तिसहित)
    images
    काठमाडौं । ८ दिनदेखि अनशनमा रहेका डा गोविन्द केसीलाई उपचारका लगि सुविधासम्पन्न अस्पतालमा लैजाल सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । अस्पतालका प्रवक्ता डा। शेरबहादुर कमरले आज एक विज्ञप्ती जारी गर्दै केसीको उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरेका हुन् । केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको विज्ञप्तीमा उल्लेख छ । केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ । धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । हेर्नुहोस् अस्पतालको विज्ञप्ति:

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार