शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

नागरिकताविहीनहरूको राष्ट्रपतिसँग गुहार : नागरिकता छैन के गरेर बाँच्ने ? विधेयकमा हाम्रो भविष्य छ, राजनीति नगरिदिनुस्’

नागरिकताविहीनहरूको राष्ट्रपतिसँग गुहार : नागरिकता छैन के गरेर बाँच्ने ? विधेयकमा हाम्रो भविष्य छ, राजनीति नगरिदिनुस्’

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    नागरिकताविहीनहरूको राष्ट्रपतिसँग गुहार : नागरिकता छैन के गरेर बाँच्ने ? विधेयकमा हाम्रो भविष्य छ, राजनीति नगरिदिनुस्’
    images
    काठमाडौं ।नागरिकताविहीन युवाले छिटो नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले नागरिकता विधेयकसँग आफूहरूको भाग्य र भविष्य जोडिएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेकोमा उनीहरुले असुष्टि जनाएका छन । संविधानले जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउने व्यवस्था गरे पनि कानुन नबन्दा नागरिकता पाउनबाट बञ्चित भएको भन्दै नागरिकताविहीन युवाहरूले संघर्ष समिति नै बनाएर लामो समयदेखि नागरिकता ऐन जारी गर्न माग गर्दै आएका छन् । नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पारित भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट बञ्चित गर्ने प्रयास भइरहेको संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले बताए । उनले राष्ट्रपति भण्डारीले मंगलबार साँझसम्ममा विधेयक प्रमाणीकरण गर्ने आशा र विश्वास व्यक्त गरे । ‘हामीले अहिले होइन, वर्षौंदेखि आन्दोलन गरिरहेका छौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सबै नेताहरूलाई भेटेर हामीले हाम्रो माग भनेका छौं, हामीले संविधानविपरीतको माग राखेका पनि होइनौं । लामो संघर्षपछि संसद्का दुवै सदनबाट नागरिकता विधेयक पास भयो, तर राष्ट्रपतिज्यूले फिर्ता गरेर हाम्रो भविष्यलाई अन्धकार पारिदिनुभयो ।’ उनले गुनासो गरे ।राष्ट्रपतिले राजनीति गरेको उनको आरोप छ । उनले भने– मेरो आग्रह छ,राष्ट्रपतिज्यू, नागरिकता विधेयकमा हामीजस्तै हजारौं नेपाली युवाको भविष्य अड्किएको छ, राजनीति नगरिदिनुस् ।’ उनले दुवै सदनबाट दुई–दुई पटक पारित भएको विधेयक फेरि राष्ट्रपतिबाट रोक्ने काम भए आफूहरूले आत्महत्या गर्ने अवस्था सिर्जना हुने चेतावनी दिए । ‘नागरिकता नभए के–के भोग्नुपर्छ ? त्यो हामीलाई थाहा छ । नागरिकता नपाएर न पढ्न पाएको छ, न जागिर खान । एउटा सिम कार्ड पाउने अवस्था छैन, न बैंक खाता खोल्न मिल्छ ,’ उनले  भने, ‘यतिसम्म कि गाउँबाट काठमाडौं आएर होटेलमा बस्न पनि नागरिकता देखाउनुपर्छ । हामीले के गरेर बाँच्ने ?’  उनले नागरिकता विधेयक पास भए नेपालीलाई भन्दा विदेशीलाई फाइदा हुने भनेर गलत प्रचार भएको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार