आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

गोठाटार हत्याकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन

गोठाटार हत्याकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    गोठाटार हत्याकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन
    images
    काठमाडौं । अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले जानकारी दिए ।  भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृत पनि छन ।सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज  गार्मेन्ट उद्योग अगाडि मोहम्मदको गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार