शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

साझा पोष्ट
मंगलबार, असोज ४ २०७९
  • images
    सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी
    images
    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ । बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल भैरहेको छ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधान अनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि राजनीतिक तरंग उत्पन्न भएको छ । र, उनको कदमको आलोचना भैरहेको छ । सत्ता गठबन्धनको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार