चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षमा बुधबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही महिनाअघि हृदयाघात भएपछि उनको मुम्बईमा आईसीयूमा राखेर उपचार गरिएको थियो ।
श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्थे ।
राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ ११:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय