शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

नेपाल-भारत सहसचिवस्तरीय बैठक काठमाडौंमा शुरु

नेपाल-भारत सहसचिवस्तरीय बैठक काठमाडौंमा शुरु

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    नेपाल-भारत सहसचिवस्तरीय बैठक काठमाडौंमा शुरु
    images
    काठमाडौं । नेपाल-भारत सहसचिवस्तरीय बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ। बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाई, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ । नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा छलफल हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार