शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

राष्ट्रपतिको कदमबारे बिमलेन्द्र निधिको टिप्पणी: द्वन्द्व श्रृजना गर्ने अन्तर्ध्वंशी काम

राष्ट्रपतिको कदमबारे बिमलेन्द्र निधिको टिप्पणी: द्वन्द्व श्रृजना गर्ने अन्तर्ध्वंशी काम

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपतिको कदमबारे बिमलेन्द्र निधिको टिप्पणी: द्वन्द्व श्रृजना गर्ने अन्तर्ध्वंशी काम
    images
    काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई द्वन्द्व श्रृजना गर्ने अन्तर्ध्वंशी काम भनेका छन । दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा कांग्रेस नेता निधीले सामाजिक सञ्जाल मार्फत आक्रामक प्रतिक्रिया दिएका हुन । उनकै शब्दमा यो संविधान,व्यवस्थापिका, कार्यपालिका,न्यायपालिका माथि प्रतिमनकारी प्रहार हो । राष्ट्रपतिले राष्ट्रिय एकता र सामाजिक स्थिरता बिथोल्न खोजेको पनि उनले आरोप लगाएका छन । ‘संसदले दोहोर्‍याएर नागरिकता बिधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठुलो दुर्घटना हो।’ निधिले भनेका छन– संविधान,व्यवस्थापिका, कार्यपालिका,न्यायपालिका माथि प्रतिगमनकारी प्रहार ह‍ो।राष्ट्रिय एकता र सामाजिक स्थीरतालाई विथोली द्वन्द सृजना गर्ने यो अन्तर्ध्वंशी कामको तत्काल समाधान जरुरी छ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार