शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

राष्ट्रपति भण्डारीको कदमबारे कानुनविदसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

राष्ट्रपति भण्डारीको कदमबारे कानुनविदसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपति भण्डारीको कदमबारे कानुनविदसँग छलफल गर्दै प्रधानमन्त्री देउवा
    images
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविदसँग छलफल गर्ने भएका छन् । सत्ता गठबन्धनको बैठक लगत्तै कानुनविद्हरुलाई प्रधानमन्त्री देउवाले वालुवाटार बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्न कानुनविद्‌हरुलाई वालुवाटारमा बोलाइएको हो । दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार