आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

राष्ट्रपतिको पक्षमा एमालेको युवा संघ सडकमा

राष्ट्रपतिको पक्षमा एमालेको युवा संघ सडकमा

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपतिको पक्षमा एमालेको युवा संघ सडकमा
    images
    काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थन गर्दे नेकपा एमालेको भ्रातृ संगठन, युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ। युवा संघले राष्ट्रपतिको उक्त कदमको समर्थन गर्दै आज माइतीघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा भएको कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे । ‘हिजो चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउँदा तपाईंहरू राष्ट्रपतिलाई पनि महाभियोग लगाउने षड्यन्त्र गर्दै हुनुहुन्थ्यो,’ सत्तारूढ दलका नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘महाभियोग लगाउँदा पनि राष्ट्रपतिको पद निलम्बनमा पर्दैन भन्ने संविधानमै छ।’ उनले राष्ट्रपति र नेकपा एमालेका अध्यक्ष केपी शर्माको अपमान गर्न खोजिए विरोध गरिने पनि बताए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार