शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै
    images

    काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिट भागबण्डामा किचलो छ । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले बताएका छन ।  शनिबारसम्ममा सहमती जुटाएर आ–आफ्नो पार्टीमा उम्मेदवार तय गर्ने सत्ता गठबन्धनको तयारी छ । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने भन्दै कांग्रेसलाई दबाब दिँदै आएका छन् । उनीहरुले कांग्रेसले धेरै सिट लिने अडान नछोड्दा सहमतिमा ढिलाई भएको बताइरहेका छन् । तर कांग्रेसले भने अरु दलले हैसियत भन्दा धेरै माग्दा समस्या आएको बताईरहेको छ ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार