Sajha Post
बजेट रकमान्तरबारे २४ घण्टाभित्र विवरण पेश गर्न अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग विवरण माग गरेको छ । कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम रकमान्तर गरिएको हो भन्नेबारे आयोगले मन्त्रालयसँग विवरण मागेको हो । 

आयोगले मन्त्रालयलाई यसबारे २४ घण्टाभित्र  जानकारी उपलब्ध गराउन भनेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो।  

सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो। तर आव २०७९÷०८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। 

nepatop

ec_artha_nirdeshan_y0TAMKso931663924028.png

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update