शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

एमाले सल्लाहकार समिति सदस्य यादवले पार्टी छोडे 

एमाले सल्लाहकार समिति सदस्य यादवले पार्टी छोडे 

जनकपुर । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

साझा पोष्ट
सोमबार, असोज १० २०७९
  • images
    एमाले सल्लाहकार समिति सदस्य यादवले पार्टी छोडे 
    images

    जनकपुर । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।


    images
    images

    सोमबार पार्टी परित्यागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा)प्रवेश गरेका हुन्। 

    धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी छोडेर जसपामा प्रवेश गरेका छन । 

    दुई दिन अगाडी मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट थिए।

    आफूले त्यो क्षेत्रमा टिकेट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेका हुन्। आगामी मंसिर ४ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ।

    पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको अवमूल्य गरेको यादवले आरोप लगाए।  उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार