शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

धनगढीमा पनि मापदण्ड विपरीतका संरचनामा डोजर चल्यो (फोटो फिचर)

धनगढीमा पनि मापदण्ड विपरीतका संरचनामा डोजर चल्यो (फोटो फिचर)

साझा पोष्ट
बिहीबार , कात्तिक १७ २०७९
  • images
    धनगढीमा पनि मापदण्ड विपरीतका संरचनामा डोजर चल्यो (फोटो फिचर)
    images

    धनगढी । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरु गरिएको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो । 


    images
    images

    यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । 

    Dhangadhi_Dozer (1)1667449655.jpg

    तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो । संरचना हटाउन कार्यस्थलमा पुगेकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन् । उनले अभियानलाई निरन्तरता दिनेपनि बताइन् । 

    Dhangadhi_Dozer (3)1667449679.jpg

    मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरुपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा ममहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनहरुमा डोजर चलाएको थियो । 

    Dhangadhi_Dozer (4)1667449695.jpg

    Dhangadhi_Dozer (5)1667449712.jpg

    -न्यूज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार