शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

कात्तिक २२ गते खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने

कात्तिक २२ गते खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने

साझा पोष्ट
शुक्रबार, कात्तिक १८ २०७९
  • images
    कात्तिक २२ गते खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने
    images

    काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी  ५ बजेर ११ मिनेटमा  चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  । 


    images
    images

    ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५ बजेर १३ मिनेटमा  सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । 
     
    बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । 

    चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ८ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । 

    बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

    यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार