डेंगुका कारण ५५ जनाको मृत्यु, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।
गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ थियो । यस्तै यो रोगबाट मृत्यु हुनेको सङ्ख्या पनि ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय