शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

ज्ञानेन्द्र शाही लक्षित प्रचण्डको अभिव्यक्ति: प्रेतात्माहरुको चिच्याहट धेरै रहँदैन

ज्ञानेन्द्र शाही लक्षित प्रचण्डको अभिव्यक्ति: प्रेतात्माहरुको चिच्याहट धेरै रहँदैन

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरंकुशता फर्किने बताएका छन् । गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरु जुम्लातिर पनि चिच्यारहेको टिप्पणी गरे।

साझा पोष्ट
मंगलबार, कात्तिक २२ २०७९
  • images
    ज्ञानेन्द्र शाही लक्षित प्रचण्डको अभिव्यक्ति: प्रेतात्माहरुको चिच्याहट धेरै रहँदैन
    images

    जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र राप्रपाका उम्मेदवारलाई मत दिए फेरि देशमा निरंकुशता फर्किने बताएका छन् । 


    images
    images

    गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न जुम्ला पुगेका अध्यक्ष प्रचण्डले राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै प्रेत–आत्माहरु जुम्लातिर पनि चिच्यारहेको टिप्पणी गरे।


    प्रचण्डले भने, ‘इतिहास र जनताको बलिदानले प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेछन्। प्रेतआत्माहरु जुम्लातिर पनि चिच्याइरहेको खबर सुनेको छु। यस्ता प्रेतआत्माहरुको चिच्याहट धेरै रहँदैन। कर्णालीका जनताले यस्ता निरंकुशतावादी र प्रतिगमनकारीलाई परास्त गरी रेकर्ड कायम गर्नुहुनेछ।’

    उनले कर्णालीबाट प्रतिगमनकारीलाई शून्य बनाएर छोडिदिन जुम्ली जनतालाई अनुरोध गरे। कर्णाली प्रदेश जागरण र परिवर्तनको पक्षमा हो भन्ने सन्देश यसपटक गठबन्धनका उम्मेदवारलाई जिताएर पुष्टि गर्न प्रचण्डले आग्रह गरे। 

    यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले जनता सामु गएर मत माग्ने कुनै अधिकार नभएको बताए। ‘केपी ओलीलाई जनताका बीचमा गएर भोट माग्ने नैतिक अधिकार छैन, प्रचण्डले भने, ‘हिजो हाम्रो सहयोगमा बनेको दुई तिहाइको सरकार जोगाउन नसक्ने, लोकतन्त्र र संविधानमाथि घात गर्नेले कसरी भोट माग्न मिल्छ ?’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार