शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सत्ता गठबन्धनले भोजपुरमा गरेको चुनावी सभामा बम विष्फोट

सत्ता गठबन्धनले भोजपुरमा गरेको चुनावी सभामा बम विष्फोट

साझा पोष्ट
बुधबार, कात्तिक ३० २०७९
  • images
    सत्ता गठबन्धनले भोजपुरमा गरेको चुनावी सभामा बम विष्फोट
    images

    भोजपुर । सत्ता गठबन्धनले भोजपुरमा आयोजना गरेको चुनावी सभामा बम विस्फोट गराइएको छ । भोजपुरको पौवा दुम्वानमा गाउँ पालिकाको प्याउलीमा भएको गठबन्धनको चुनावी सभामा बम विस्फोट गराइएको हो 


    images
    images

    सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । त्यहाँ सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी थियो । प्रचण्ड नपुग्दै बम विस्फोट भएको हो ।

    यसैबीच नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् । प्रचण्ड जाने कार्यक्रमलाई लक्षित गरेर  बम विस्फोट गराइएको किरातीले  बताए ।

    बम बोकेको एक युवक घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले त्यहाँ प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गरी रहेका छन् । भोजपुरमा सुदन किराँती गठबन्धनबाट र एमालेबाट शेरधन राई चुनावी प्रतिस्पर्धामा छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार