Sajha Post
मत गणना अन्त्यतिर आउँदा योगेश भट्टराईको क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्दै

काठमाडौं । ताप्लेजुङमा एमालेका योगेश भट्टराई ४ सय ३३ मतले पछाडि परेका छन् । हालसम्मको मतगणनामा पहिलो स्थानमा रहेका माओवादीका खेलप्रसाद बुढा क्षेत्रीले १८ हजार ५ सय २४ मत ल्याएका छन् । 

भट्टराईको भने १८ हजार ९१ मत मात्रै आएको छ । अघिल्लो निर्वाचनमा भट्टराई यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा मत गणना अन्त्यतिर आउँदा प्रतिस्पर्धा रोचक बन्न पुगेको छ। 

मतगणनाको शुरुवातदेखी नै माओवादी उम्मेदवार बुढा क्षेत्रीले अग्रता लिइरहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ४८ हजार तीन सय ७२ मत खसेकोमा हालसम्म ३८ हजार ८ सय १७ मत गणना भएको छ। आज साँझसम्म गणना सक्ने तयारी भएको छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update