Sajha Post
एमालेका विशाल भट्टराईलाई हराउँदै खोटाङमा माओवादीका रामकुमार राई निर्वाचित
nepatop

काठमाडौं । खोटाङमा  प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका उमेदवार रामकुमार राई निर्वाचित भएका छन् । उनले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गरे । 

योसँगै राईले भट्टराईलाई ह्याट्रिक गर्नबाट रोकेका छन् । राई  २ हजार ६६९ मतान्तरसहित विजयी भए । उनले ३१ हजार ३५१ मत ल्याएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८५ मत ल्याए । भट्टराईले २०७० र ०७४ को निर्वाचनमा खोटाङबाट लगातार दुई पटक निर्वाचित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update