शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

माधव नेपाल नेतृत्वको नेकपा एसले प्रत्यक्षमा १० सिट जित्यो, बन्ला त राष्ट्रिय पार्टी ?

माधव नेपाल नेतृत्वको नेकपा एसले प्रत्यक्षमा १० सिट जित्यो, बन्ला त राष्ट्रिय पार्टी ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ । जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकोमा १० सिटमा जित दर्ता गराएको छ ।  अव समाजवादीको कुनै पनि ठाउँमा अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवारभन्दा पछिपछि छन् । 

साझा पोष्ट
शुक्रबार, मंसिर ९ २०७९
  • images
    माधव नेपाल नेतृत्वको नेकपा एसले प्रत्यक्षमा १० सिट जित्यो, बन्ला त राष्ट्रिय पार्टी ?
    images

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ । जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकोमा १० सिटमा जित दर्ता गराएको छ । 


    images
    images

    अव समाजवादीको कुनै पनि ठाउँमा अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवारभन्दा पछिपछि रहेका छन् । 

    २०७४ सालको चुनावमा इलाम क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा एमालेका नेता झलनाथ खनाल भारी मतान्तरले विजयी भएका थिए । यसपटक उनै खनाल नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका छन् । खनाललाई पूर्व सहकर्मी एमालेका महेश बस्नेतले चुनौति दिइरहेका छन् ।

    यी हुन नेकपा एसका निर्वािचत उम्मेदवार

    एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट निर्वाचित  भएका छन् । उपाध्यक्ष राजेन्द्र पाण्डे धादिङ १, नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १ बाट निर्वाचित भएका छन् ।

    त्यस्तै कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेरबहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १ र धन बहादुर बुढा डोल्पाबाट निर्वािचत भएका छन् । एकीकृत समाजवादीले अव समानुपातिकमा कति सिट जित्ला र राष्ट्रिय पार्टी बन्ला कि नबन्ला भन्ने चासोको विषय भएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार