शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

माधव नेपालको पार्टीले कटायो २ लाख भोट, एमालेको मत २२ लाख नाघ्यो 

माधव नेपालको पार्टीले कटायो २ लाख भोट, एमालेको मत २२ लाख नाघ्यो 

काठमाडौं । प्रत्यक्ष तर्फ १० सिट जितेपनि समानुपातिक तर्फ थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले २ लाख भोट नघाएको छ । मतगणनाको पछिल्ला विवरण अनुसार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले २ लाख ७ हजार २ सय ७३ मत ल्याएको छ । राति १०ः ३० बजेसम्म ८० लाख ५० हजार ५१० मत गणना भैसकेको छ र समाजवादीले राष्टिय पार्टी बन्नका लागि अझै एक लाख मत ल्याउनुपर्ने हुन्छ । तर उसले त्यो मत ल्याउन सक्छ कि सक्दैन भन्ने यसै भन्न सकिने अवस्था छैन ।  अब २८ लाख भोट मात्रै गन्न बाँकी छ । 

साझा पोष्ट
शनिबार, मंसिर १० २०७९
  • images
    माधव नेपालको पार्टीले कटायो २ लाख भोट, एमालेको मत २२ लाख नाघ्यो 
    images

    काठमाडौं । प्रत्यक्ष तर्फ १० सिट जितेपनि समानुपातिक तर्फ थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले २ लाख भोट नघाएको छ ।


    images
    images

    मतगणनाको पछिल्ला विवरण अनुसार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले २ लाख ७ हजार २ सय ७३ मत ल्याएको छ । राति १०ः ३० बजेसम्म ८० लाख ५० हजार ५१० मत गणना भैसकेको छ र समाजवादीले राष्टिय पार्टी बन्नका लागि अझै एक लाख मत ल्याउनुपर्ने हुन्छ । तर उसले त्यो मत ल्याउन सक्छ कि सक्दैन भन्ने यसै भन्न सकिने अवस्था छैन ।  अब २८ लाख भोट मात्रै गन्न बाँकी छ । 


    नेकपा एमाले २२ लाख २३ हजार ८ सय ८१ मत सहित पहिलो स्थानमा छ । नेपाली कांग्रेसले २१ लाख २८ हजार ५७३, नेकपा माओवादी केन्द्रले ९ लाख ३३ ७३८ र राष्टिय स्वतन्त्र पार्टीले ९ लाख ९ सय ७६ भोट ल्याएको छ ।

    यस्तै राप्रपाले ४ लाख ७७ हजार ३०२, जनता समाजवादी पार्टीले २ लाख ६० हजार ३९२, जनमत पार्टीले १ लाख ९६ हजार ४६, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९० हजार १४३ र लोसपाले १ लाख ८ हजार ३३ मत पाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार