शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी बढ्दै, सिंहले ओलीलाई भेटेलगत्तै पौडेल पुगे नेपाललाई भेट्न कोटेश्वर

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी बढ्दै, सिंहले ओलीलाई भेटेलगत्तै पौडेल पुगे नेपाललाई भेट्न कोटेश्वर

साझा पोष्ट
सोमबार, मंसिर १२ २०७९
  • images
    कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी बढ्दै, सिंहले ओलीलाई भेटेलगत्तै पौडेल पुगे नेपाललाई भेट्न कोटेश्वर
    images

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक भेटघाट सुरु गरेका छन् । प्रधानमन्त्री दाबी गरिरहेका पौडेलले आज एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 


    images
    images

    पौडेल नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । भेटघाटका क्रममा गठबन्धनलाई कायमै राखेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् । पौडेलको आग्रहपछि नेता नेपालले सहयोग गर्ने आश्वासन दिएका छन् । 

    नेपालले भने , ‘तपाईंलाई सहयोग हुन्छ। समकालीन सबै प्रधानमन्त्री भए तपाईं बाँकी हो। यो गठबन्धन बनाउन तपाईंको योगदान भएकाले अहिले प्रधानमन्त्रीको हकदार तपाईं नै हो।’ 

    कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षीहरु बढ्दै गइरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, रामचन्द्र पौडल र प्रधानमन्त्री देउवा स्वम् पुनःप्रधानमन्त्रीको दोडमा देखिएका छन्। 

    हिजो मात्र कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम जारी रहेकै बेला कांग्रेस नेता सिंहले बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन । 

    oli singh1669557644.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार