शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर

हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर

काठमाडौं । राप्रपा नेपालले चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको ठहर गरेको छ । मंगलबार बसेको राप्रपा नेपालको केन्द्रीय सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर
    images

    काठमाडौं । राप्रपा नेपालले चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको ठहर गरेको छ । मंगलबार बसेको राप्रपा नेपालको केन्द्रीय सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।


    images
    images

    आम चुनावको परिणम अपेक्षाकृत नभएको राप्रपा नेपालले बताएको छ । केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ ।

    उसले भनेका छ, ‘चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वर्दनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ ।’

    बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान गरेको छ । राप्रपा नेपालका उम्मेदवारले आफ्नै चिह्नबाट चुनाव लडेको भए पनि अध्यक्ष कमल थापा भने नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए । 

    थापा राप्रपाका दीपक सिंहसित मकवानपुरमा पराजित भए । यो चुनावमा राप्रपा नेपालले एक सिट पनि जित्न सकेन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार