शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

एमालेले समानुपातिकमा ३३ सिट पाउन सक्ने, यी हुन् उसका सम्भावित सांसद

एमालेले समानुपातिकमा ३३ सिट पाउन सक्ने, यी हुन् उसका सम्भावित सांसद

काठमाडौं। प्रतिनिधि सभामा ४४ सिट जितेर दोस्रो भएको नेकपा एमाले समानुपातिकतर्फ भने सबैभन्दा ठूलो पार्टी बन्ने भएको छ । एमालेले समानुपातिकमा ३३ सिट पाउने सम्भावना देखिएको छ । निर्वाचन आयोगका अनुसार अब ५ लाख २७ हजार मत मात्र गणना गर्न बाँकी छ ।

साझा पोष्ट
सोमबार, मंसिर १९ २०७९
  • images
    एमालेले समानुपातिकमा ३३ सिट पाउन सक्ने, यी हुन् उसका सम्भावित सांसद
    images

    काठमाडौं। प्रतिनिधि सभामा ४४ सिट जितेर दोस्रो भएको नेकपा एमाले समानुपातिकतर्फ भने सबैभन्दा ठूलो पार्टी बन्ने भएको छ । एमालेले समानुपातिकमा ३३ सिट पाउने सम्भावना देखिएको छ । निर्वाचन आयोगका अनुसार अब ५ लाख २७ हजार मत मात्र गणना गर्न बाँकी छ ।


    images
    images

    २७ लाख ८८ हजार ३५६ मत पाएको एमालेले ३३ सिट पाउने सम्भावना देखिएको हो । त्यसमा कम्तिमा एक तिहाइ महिला संविधानले अनिवार्य गरेको छ । त्यसरी हेर्दा एमालेले बढीमा १५ जना पुरुष पठाउनसक्ने छ। 

    राष्ट्रियसभामा एमालेका १५ जना सांसद छन्। यसरी हेर्दा संघीय संसदमा एमालेको ९२ सिट हुनेछ। यो हिसावले संघीय संसदमा एमालेबाट कम्तिमा ३१ जना महिला सांसद हुनुपर्छ।

    प्रतिनिधिसभामा प्रत्यक्ष  निर्वाचित ४४ मध्ये ४ जना महिला छन्। राष्ट्रियसभामा ९ सहित एमालेका १३ जना महिला मात्रै संघीय संसदमा पुगेकाले ३३ प्रतिशत पुर्‍याउन एमालेले समानुपातिकमा १८ जना महिलाको उपस्थिती गराउनु पर्छ । 

    एमालेले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार खस आर्यतर्फबाट ५ जना महिला निर्वाचित हुनेछन्। यसरी निर्वाचित हुनेमा सूचिको अग्रस्थामा रहेका मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला प्राथमिकतामा रहने छन् ।

    आदिवासी जनजातितर्फ नैनकला थापा मगर, रणकुमारी बलम्पाकी मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती निर्वाचित हुने भएका छन्। 

    थारु कोटामा आश्मा कुमारी चौधरी निर्वाचित हुने निश्चितजस्तै छ। दलित कोटामा रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा निर्वाचित हुनेछन्। मधेशी कोटामा वीना देवी र अमृता देवी अग्रहरी र मुस्लिम कोटाबाट रुही नाज निर्वाचित हुने सम्भावना छ।

    समानूपातिकतर्फ ३३ प्रतिशत मात्र पुर्‍याउने हो भने बाँकी १८ जना पुरुषले अवसर पाउने छन् । खसआर्यतर्फ ५ जना पुरुष निर्वाचित हुन सम्भावना छ। जसमा क्रमशः रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही र खिमलाल पोख्रेल छन्। 

    आदिवासी जनजातितर्फ देवी प्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, भीम बहादुर खवास र सरोज डंगोल प्राथमिकतामा छन्।

    यसैगरी मधेशीतर्फ अधिकतम पुरुष छानिएमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साहको सम्भावना छ।

    दलित कोटाबाट एमालेले बढीमा ३ जनासम्म पुरुष सांसद पठाउनसक्छ। यो क्लष्टरमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा दुसाध, चन्द्रबहादुर विश्वकर्मा र थारु कोटाबाट सत्यनारायण चौधरी सांसाद बन्ने सम्भावना छ । दलहरुले पाउने समानुपातिक मत परिणामका आधारमा संभावित सांसद र संख्या पनि हेरफेर हुन सक्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार