शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

समानुपातिकतर्फ संघ र प्रदेशमा कुन पार्टीले कति सीट पायो ?

समानुपातिकतर्फ संघ र प्रदेशमा कुन पार्टीले कति सीट पायो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ ।आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा (एमाले)ले ३४ सीट पाएको छ। दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सीट पाएको छ।

साझा पोष्ट
बुधबार, मंसिर २१ २०७९
  • images
    समानुपातिकतर्फ संघ र प्रदेशमा कुन पार्टीले कति सीट पायो ?
    images

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ ।


    images
    images

    आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा (एमाले)ले ३४ सीट पाएको छ। दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सीट पाएको छ।

    त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले पाँच-पाँच सीट पाएको छ। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी प्रतिनिधि सभामा २७५ सदस्य हुन्छन्।

    त्यस्तै, आयोगले प्रदेशतर्फको सीट संख्या पनि तय गरेको छ। सातै प्रदेशमा एमालेले ७० र कांग्रेसले ६४ सीट पाएको छ। यसैगरी, माओवादीले २९, राप्रपाले १७, एकीकृत समाजवादी, जसपा र जनमतले ९-९ सीट पाएको छ।

    यसैगरी, नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदूर किसान पार्टीले दुई, नेपाल संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक-एक सीट पाएको छ।

    aayog1670434092.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार