शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

समानुपातिक सांसदको सूचि बुझाउने आज अन्तिम दिन, दलहरु आन्तरिक तयारीमा 

समानुपातिक सांसदको सूचि बुझाउने आज अन्तिम दिन, दलहरु आन्तरिक तयारीमा 

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरुले भने सांसदको टुङ्गो लगाउन  सकेका छैनन ।  कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले सांसद छान्न आज पार्टीको बैठक बोलाएका छन ।  जनमत, नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । 

साझा पोष्ट
शनिबार, मंसिर २४ २०७९
  • images
    समानुपातिक सांसदको सूचि बुझाउने आज अन्तिम दिन, दलहरु आन्तरिक तयारीमा 
    images

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरुले भने सांसदको टुङ्गो लगाउन  सकेका छैनन । 


    images
    images

    कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले सांसद छान्न आज पार्टीको बैठक बोलाएका छन ।  जनमत, नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । 


    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये प्रतिनिधिसभातर्फ उसनले ३४ पाएको छ । 

    प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।  
    यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

    माओवादी केन्द्र ४३ सांसदसहित तेस्रो स्थानमा छ । उसले प्रतिनिधिसभामा १४,  प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।

    राप्रपाले प्रतिनिधिसभामा ७,  प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ । २४ सांसद सहित राप्रपा चौथो स्थामा छ । 

    एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र  प्रदेशसभामा ९ सांसद पाएको छ । 

    जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ ।  लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट प्रदेशसभामात्र  निर्वाचन आयोगले जनाएको छ ।नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ ।  यी दलले प्रतिनिधिसभामा पाएका छैनन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार