शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर

प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर

साझा पोष्ट
बुधबार, मंसिर २८ २०७९
  • images
    प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर
    images

    काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको जनाएको छ । 


    images
    images

    आयोगले बुधबार  पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको जानकारी दिएको छ । त्यसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५.०६ प्रतिशत मत बदर भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 

    प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१‍.८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५‍.०९ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।

    त्यस्तै प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१.३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४.०७ प्रतिशत मत बदर भएको थियो ।

    प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१.३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६.५५ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

    प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

    प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला २०० जना (३६.३६ प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार