शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो 

आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो 

प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्नेछन् । मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरिएको हो।निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन बुझाइएको छ । 

साझा पोष्ट
बिहीबार , मंसिर २९ २०७९
  • images
    आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो 
    images

    काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।


    images
    images

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएको हो। 

    प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्नेछन् । मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरिएको हो।निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन बुझाइएको छ । 

    निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो।

    तर, तीन जिल्लामा पुनःमतदान भएको र समानुपातिक निर्वाचन  प्रणालीतर्फको  मतगणना   ढिलो भएर मङ्सिर तेस्रो साता मात्रै स म्पन्न  भएकोले आयोगले ढिला गरी मतपरिणाम सार्वजनिक गरेको थियो।राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सरकार गठनका लागि दलहरुलाई आब्हान गर्ने छिन् र सरकार गठनका लागि बाटो खुल्ने छ ।

    aayog1671086088.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार