Sajha Post
कांग्रेसमा दलको नेता चयन गर्न आज उम्मेदवारी दर्ता, शूल्क ५१ हजार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ ।

आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए।

कांग्रेस संसदीय दलको नेताको लागि उम्मेदवार हुन  दर्ता शुल्क ५१ हजार तोकिएको छ। संसदीय दलको नेता चयनको लागि भीलि मतदान हुँदै छ। भोलि बिहान ८ देखि १० बजेसम्म मतदानको समय तोकिएको छ ।

गत मंसिर ४गते भएको प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ।

कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ भने समानुपातिकबाट ३३ जना सांसद पाएको छ । कांग्रेसले ‘दलको नेता छान्ने प्रक्रिया’मा सहभागी हुन पाउनेको नाम मतदाता सूचीमा प्रकाशित भइसकेको छ।

 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update