शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

बेलायत, कोरिया, क्यानडामा मौसमी कामदारका रुपमा निशुल्क जाने बाटो खुल्ला

बेलायत, कोरिया, क्यानडामा मौसमी कामदारका रुपमा निशुल्क जाने बाटो खुल्ला

काठमाडौं । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिए ।

साझा पोष्ट
मंगलबार, पुस ५ २०७९
  • images
    बेलायत, कोरिया, क्यानडामा मौसमी कामदारका रुपमा निशुल्क जाने बाटो खुल्ला
    images

    काठमाडौं । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ ।


    images
    images

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिए ।

    कार्यविधि स्वीकृतिसँगै ठुलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा श्रमिक जानका लागि बाटो खुल्ला भएको छ । कार्यविधि स्वीकृति भएसँगै निःशुल्क रूपमा मौसमी श्रमिक जान पाउने भएको हो ।

    हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाउने गरेको थिएन । कार्यविधिले न्यूनतम दुई वर्ष करार अवधि तोकेर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि बाटो खुल्ला गरेको छ ।  

    दुई वर्ष करार अवधि तोकिए पनि यस अघि छ महिनाका लागि माग हुने गरेकाले मौसमी श्रमिक जाने गरेको पाइएको थियो । तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् ।

    मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार