Sajha Post
काठमाडौंमा वायू प्रदूषण र फोहर  बढ्दो (फोटो फिचर)

 

काठमाडौं । हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिनहुँ बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन ।

चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडोमा प्रदुषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयाघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । त्यसैले सरसफाईमा ध्यान दिनुपर्छ ।  

आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदुषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदुषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ ।

वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाईमा नलाग्ने हो भने वायु प्रदुषणले झनै खतराको तह पार गर्ने निश्चित छ । सबैभन्दा पहिला जथाभावी  फोहोर फाल्ने बानी हटाउनु पर्छ । शब्द\तस्बिर:न्यूज एजेन्सी नेपाल 

pollution ktm 11673068713.jpg

pollution ktm 21673068747.jpg

pollution ktm 31673068776.jpg

pollution ktm 41673068807.jpg

polluiotn ktm 61673068840.jpg

polluion ktm 71673068891.jpg

ktm fohor1673069027.jpg

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update